‘एनएमबि सरल बचत फण्ड–ई’ को पहिलो दिन नै १ करोड इकाई बिक्यो, कतिले दिए आवेदन ? « Arthapath.com
१७ भाद्र २०७८, बिहीबार

‘एनएमबि सरल बचत फण्ड–ई’ को पहिलो दिन नै १ करोड इकाई बिक्यो, कतिले दिए आवेदन ?



काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा २० हजार भन्दा बढिले आवेदन दिएका छन् । बिहीबारदेखि निष्काशन तथा जारी गरेको फण्डमा साढे ५ बजेसम्मको तथ्याङ्क अनुसार २० हजार २४१ जना आवेदकले ९८ लाख १२ हजार ५१० इकाईका लागि आवेदन दिएको एनएमबि क्यापिटलले जनाएको छ ।

एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड आज (भदौ १७ गते, बिहीबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।

कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त फण्डमा छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्