सेजन अध्यक्षमा बराल बिजयी, कसले कति मत पाए ? « Arthapath.com
१८ भाद्र २०७८, शुक्रबार

सेजन अध्यक्षमा बराल बिजयी, कसले कति मत पाए ?



काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको २२ औँ वार्षिक साधारण सभा तथा महाधिवेशनमा बराल निर्वाचित भएका हुन् । नव निर्वाचित बराल नया पत्रिकामा कार्यरत रहेका छन् ।

अध्यक्ष बरालले ११४ मत ल्यााएका छन् भने उनका प्रतिद्वन्द्धि आशिष ज्ञवालीले ८० मत ल्याएका छन् । त्यस्तै सेजनको उपाध्यक्षमा सुजन वली निर्वाचित भएका छन् । वलि निबर्तमान कार्यसमिति महासचिव थिए । वलीले १२८ मत पाएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण रिजालले १०५ मत पाएका छन् ।

महासचिवमा भगवत भट्टराईले १४० मत ल्याएर बिजयी भएका छन् भने प्रतिद्वन्दी बिनय बन्जाराले १०० मत ल्याएका छन् ।

सचीवमा हिमाल पौडेल निर्वाचित भएका छन् । पौडेलले १११ मत ल्याएका छन भने प्रतिद्वन्दी हिमा बिकले ६६ मत ल्याइन् ।

कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा बिजयी भएकी छिन् । उनले १२३ मत ल्याएर बिजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी सुजन ढुंगानाले ९२ मत ल्याएका छन् ।

सदस्यमा सोभित थपलियाले १६८, अच्युत पुरीले १६२, इशारा कोइरालाले १५८ अमर बडुवाल १४८ र चेत बहादुर ९सिबि० अधिकारीले १३९ मत ल्याएर बिजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्