आइतबार सुन ६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ र आज एकैदिन सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले बढेको हो । आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी भने एकैदिन तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ९ सय र तेजावि सुन प्रतितोला ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
