आइतबार थप १०८९ जनामा कोरोना संक्रमण, २० जनाको मुत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

आइतबार थप १०८९ जनामा कोरोना संक्रमण, २० जनाको मुत्यु



काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६९ हजार २ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ३८ पुगेको छ ।

त्यसैगरी १ हजार ५ सय ३४ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ । हाल देशभर ३१ हजार २ सय ३१ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्