कुमारी बैङ्कले गर्यो निःशुल्क एन्टीजेन टेस्ट क्याम्प

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले हाल द्रुत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि “निःशुल्क अ्एन्टिजन् टेस्ट क्याम्प” आयोजना गरेको छ । क्याम्प काठमाडौँको मङ्गालस्थित कुमारी बैङ्कको कर्पोरेट कार्यालयमा, भदौ १८ गते आयोजना भएको हो ।
क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको दिएको बैंकले जनाएको छ ।
आफ्नो डिजिटल सामर्थ्यलाई परिष्कृत गर्न कुमारी बैङ्कले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको छ ।