मंगलबार कतिमा कारोबार हुदैछ सुनचाँदी ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

मंगलबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौँ । आज मङ्गलवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ४ सय र तेजाबी सुन ९० हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।

हिजो सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन ६ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजाबी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्