एनएमबि बैंकको तीज अफर, eNMB एप प्रयोग गरि सामान खरिद गर्दा १० प्रतिशत वा ३ सय क्यास ब्याक पाइने « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

एनएमबि बैंकको तीज अफर, eNMB एप प्रयोग गरि सामान खरिद गर्दा १० प्रतिशत वा ३ सय क्यास ब्याक पाइने



काठमाडौं । एनएमबि बैंकले तीज अफर ल्याएको छ । बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा eNMB एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यास ब्याकको अफर ल्याएको हो ।

तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो ।


छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।


प्रतिक्रिया दिनुहोस्