खल्ती बाट मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने

काठमाडौँ । फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको छ ।
यस अफर मार्फत खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली विजेताले मात्र रु. १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्ती ले हवाई टिकट को कुल रकमबाट जम्मा मात्र १ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ ।
उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरूले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।
यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ ।