भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने



काठमाडौं । हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको एक्सेल डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति सार्वजनिक गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बुकक्लोज मिति तोकेको हो ।

बैंकले असोज १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने भएका छन् ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत अर्थात २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिईसकेको छ ।

बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्