एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते, लाभांश पारित गर्नेसहित यस्ता छन् अन्य एजेण्डा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते, लाभांश पारित गर्नेसहित यस्ता छन् अन्य एजेण्डा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा बोलाएको हो ।

बैंक भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १६ गते बोलाएको हो । सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट हुने भएको छ ।

बैंकको वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६–७७ को चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर पारित गर्नेछ । त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि छुट्याइएको ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले उल्लेखित बोनस शेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तयसैले भदौ ३१ गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्