सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने



काठमाडौं । सिटिजन्स बैंक र ग्रोडेली बीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित  किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य गरेपछि सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले  अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

 
सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको बैकले जनाएको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाखग्राहकहरुलाई सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्