महानगरिय ट्राफिक प्रहरी महाशाखालाई नाडाले दियो ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरु

काठमाडौं । नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको छ । आज शुक्रबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाण्डौको एक प्रमुख स्थान त्रिपुरेश्वर चोकमा एउटा औपचारिक कार्यक्रमका विच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक संञ्जिव शर्मालाई NoHorn Stiker १० हजार थान थान, कोभिड १९ विरुद्धको मास्क ५ हजार थान, तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर २०० थान र ट्राफिक नियमको पालना गरौ चेतनामूलक व्यानर २०० थान हस्तान्तरण गरेका हुन ।
उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरूलाई वितरण समेत गरिएको थियो ।
कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यहरु राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी / महानगरिय ट्राफिक प्रहरी महाशाखाका कर्मचारीहरु कार्यक्रममा उपस्थिति भएका थिए ।
