शुक्रबार ११४६ जनामा कोरोना संक्रमण, थप २१ जनाको मुत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

शुक्रबार ११४६ जनामा कोरोना संक्रमण, थप २१ जनाको मुत्यु



काठमाडौं । आज शुक्रबार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको पिसीआर परिक्षणमा ९ सय ६१ र एन्टीजेनविधिबाट २ हजार ३ सय ६७ जनामा परिक्षण गर्दा थप १ सय ८५ गरि १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा थप २१ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ९ सय २४ पुगेको छ । १ हजार ६ सय ६० जना कोरोना संक्तमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ । हाल देशभर २७ हजार ९ सय ८५ जना संक्रिय संक्रमित रहेका छन ।

आज थपिएका संगै कोरोना संक्रमित हुनेको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्