दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।आज शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको बताएका छन ।
त्यसैगरी परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था समेत सरकारले प्रतिस्थापन विधेकमा समावेश गरेको छ ।