स्थानीय तहको समन्वयमा असोज महिनाभित्र गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

काठमाडौं । गरिब तथा विपन्न ५ लाख परिवारलाई सरकारले १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका तथा आयआर्जन नहुने अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने निर्णय सरकारले गरेको हो ।
आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै ‘कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’ उनले भने ।
यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा २०७८ असोज महिना भित्र हस्तान्तरण गर्ने तयारी गरेको शर्माले बताएका छन ।
