लिभोनको चर्चित सल्फेट र प्याराबेन रहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा

काठमाडौं । केश-स्याहार सम्बन्धि सम्पूर्ण उत्पादनहरुको नेपालकै प्रख्यात ब्राण्ड लिभोन ले हालसालै साधारण कपाल, सुख्खा कपाल र टुक्रीएको कपालका निम्ति सल्फेट र पाराबेनरहित श्याम्पूका ६५० मि. लि. ठूलो प्याक जारी गरेको छ । मूल रुपमा रू ७४९ मूल्य रहेको यस उत्पादन परिचयात्मक अफर बमोजिम रू ६९९ मा पाउन सकिन्छ । लिभोनका उत्पादनहरुमा श्याम्पु र कन्डिश्नर सल्फेट र पाराबेनरहित छन् जसका कारण कोमल कपालको स्याहार र सही ठाउँमा पैसा खर्च गर्न चाहने मानिसहरुको रोजाईमा यो पर्दछ ।
लिभोनको साधारण कपालको लागि प्रयुक्त श्याम्पू तीव्र पोषणका निम्ति शिया मक्खन र घ्युकुमारीले सम्बृद्ध छ, क्विनोया प्रोटिन र गहुँको प्रोटिनको लाभहरुको साथले लिभोनको टुक्रिएको कपालको लागि प्रयुक्त श्याम्पूले क्षतिलाई तीव्र सुधार गर्दछ भने आर्गन तेल र बदामको तेलका लाभहरु भएको सुक्खा कपालमा प्रयोग हुने श्याम्पूले कपाललाई तीव्र नमी प्रदान गर्दछ ।
वर्षौंदेखि विभिन्न श्रेणीका केश-स्याहार गर्ने उत्पादनहरुको साथले लिभोन नेपाली ग्राहकहरुको पहिलो रोजाईको ब्राण्ड बन्ने अवस्थामा आइपुगेको हो ।लिभोन का नविनतम ठूला आकारका उत्पादनहरु बजारमा उसका व्यक्तिगत हेरचाह उत्पादनहरुको अनुमोदनका कारण जारी गरिएको हो ।
लिभोन का नयाँ श्रेणीका श्याम्पूहरु नेपाली ग्राहकहरुलाई पर्याप्त ध्यानमा राखी डिजाइन गरिएको छ । नयाँ र ठूला मूल्यका प्याकेटहरुका साथ लिभोन समकालीन र सुबिधासम्पन्न केश स्याहारका उपायहरु प्रदान गर्दै नेपाली युवतीहरुको हरेक दिन सुन्दर केश हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
लिभोन को प्रवर्तन सल्फेट र प्याराबेनरहित सौन्दर्य प्रसाधनहरुको विश्वव्यापी ट्रेन्डकै लहर हो । सल्फेटहरु कडा क्लिंजर हुन् जसले कपालका प्राकृतिक तेल निखारेर सुक्खा र टुट्ने अवस्थामा पुर्याउँछन् । प्याराबेनहरु संरक्षक हुन् जो क्यान्सरका कारण हुन् भन्ने कुरा स्क्यानरले देखाएको छ । यी नयाँ श्रेणीका उत्पादनहरु यी दुवै रसायनबाट मुक्त छन् ।