अब ५ लाख सम्मको बिजुली बिल खल्ती मोबाइल वालेटबाट सजिलै तिर्न सकिने

काठमाडौं । विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेट ले सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई रू. ५ लाख सम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक, मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक, जोनाम भुर्तेल बीच हस्ताक्षर भएको थियो ।
खल्ती एप को होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकन मा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ ।
विद्युत प्राधिकरण सँगको उक्त सहकार्यले विद्युत महशुल तिर्न काउन्टर धाईरहनु पर्ने झन्झटलाई न्युनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक, जोनाम भुर्तेल ले बताउनुभयो ।
खल्ती डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।