सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक



काठमाडौं । सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

कार्कीले गत सोमबार सङ्खुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, १९ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्