विभिन्न १४ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति लाभांश ?
काठमाडौं । गत आर्थिक बर्ष सकिएपछि चालु आर्थिक बर्षमा विभिन्न वित्तीय संंस्थाले लाभांश घोषणा गर्न शुरु गरेका छन् । विभिन्न कम्पनीहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् भने उक्त लाभांश पारित गर्न साधारण सभा बोलाएका छन् भने केही कम्पनीको साधारण समेत सम्पन्न भईसकेको छ । अझै केही कम्पनीको साधारण सभा हुन बाँकी रहेकाले उक्त कम्पनीको लाभांश पाउनका लागि बुक क्लोज मिति भन्दा अगाडि नै लाभांश सुरक्षित गर्न सकिन्छ ।
गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने कम्पनीहरुमा नेपाल ल्युब आयल निगम, साधना लघुवित्त वित्तीय संस्था, सानिमा माई हाइड्रो, स्वरोजगार लघुवित्त, युनिलिभर नेपाल, फर्स्ट माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, अरुण काबेली, रु रु जलविद्युत, ङादी ग्रुप, सिनर्जी पावर, अपि पावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । भने एक्सेल डेभलपमेन्ट बैंक र नेपाल पुनर्बीमा कम्पनीले भने आर्थिक बर्ष २०७६–७७ को लाभांश घोषणा गरेका हुन् ।
कुन कम्पनीको कति लाभांश
१. नेपाल ल्युब आयल निगम
नेपाल ल्युब आयल निगम कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको उक्त बैठकले लभांश पारित गर्न ३० औं वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भच्र्युअल् माध्यमबाट बिहान ११ः३० बजे बोलाएको छ ।
लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।
२. साधना लघुवित्त वित्तीय संस्था
साधना लघुवित्त वित्तीय संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले लाभांश पारित गर्नको लागि साधाराण सभा र बुक क्लोजको मिति भने तय गरेको छैन् । संस्थाको सो लाभांश राष्ट्र बैंक र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीले पाउनेछन् ।
३. सानिमा माई हाइड्रो
सानिमा माई हाइड्रो कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न कार्तिक ११ गते बिहीबारका दिन वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
४. स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुँदा बोनसमा कर नलाग्ने संस्थाले जनाएको छ ।
संस्थाले लाभांश पारित गर्नको लागि हालसम्म साधारण सभा र बुकक्लोज मिति तोकेको छैन् ।
५. युनिलिभर नेपाल
युनिलिभर नेपाल कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट प्रतिशेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । तर कम्पनीले साधारण सभाको मिति भने तोकेको छैन् ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश शेयरधनीहरुलाई वितरण गरिसक्ने जनाएको छ ।
६. फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको सो लाभांश आगामी साधारण सभाबाट पारित र राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्रै सेयरधनीले पाउनेछन् । तर हालसम्म संस्थाले हालसम्म साधारण सभा र बुक क्लोजको मिति तय गरेको छैन् ।
७. डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लघुवित्तको सो लाभांश आगामी साधारण सभाबाट पारित र राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्रै शेयरधनीले पाउनेछन् । तर हालसम्म संस्थाले हालसम्म साधारण सभा र बुक क्लोजको मिति तय गरेको छैन् ।
८. अरुण काबेली
अरुण काबेली पावरले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनिले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद गरी कूल १७.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको हिजो भदौ २६ गते शनिबार सम्पन्न भएको साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनिले भदौ १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले भदौ १४ गतेसम्म कारोबार भई कायम शेयरधनीले उक्त लाभांश पाउने छन् ।
९. रु रु जलविद्युत कम्पनी
रु रु जलविद्युत कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पूँजीको १० बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश र सभा प्रयोजनका लागि असोज ७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।
१०. ङादी ग्रुप
ङादी ग्रुप कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश तथा साधारण्मसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले उक्त लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।
कम्पनीले ८ औँ वार्षिक साधारण सभा असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा बिहान ९ बजे बोलाएको छ ।
११. सिनर्जी पावर
सिनर्जी पावर कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, भदौ ३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउन छन् । कम्पनीले १५ आँै वार्षिक साधारण सभा भदौ १८ गते सम्पन्न गरिसकेको छ ।
१२. अपि पावर कम्पनी
अपि पावर कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, भदौ १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश पाउने छन् । कम्पनीको साधारण सभा भदौ २५ गते सम्पन्न भईसकेको छ ।
१३. एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १६ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजे बोलाएको छ ।
बैंकले सभामा आर्थिक वर्ष २०७६–७७ को चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तयसैले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
१४. नेपाल पुनर्बीमा कम्पनी
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारिमार्जन गरेको हो । यसअघि कम्पनीको असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बीमा समितिको निर्देशानुसार कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको ३५९ औं बैठकबाट उक्त लाभांश परिमार्जन गरि १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले साधारण सभाको र लाभांश प्रयोजनार्थ मिति भने तोकेको छैन् ।