मुक्तिनाथ विकास बैंकले गर्यो विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

काठमाडौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले भदौ महिनामा ५ वटा संघ संस्थालाई सहयोग गरेको हो ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनलाई सहयोग गरेको छ ।
त्यसैगरी कास्कीको मालपोत कार्यालयमा पाल्नुहुने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा कुर्रसीकोहरुको अभाव भएकोले बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तानतरण गरेको छ ।
त्यसैगरी बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिका लागि चाहिने किताबको दराजको निमार्ण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकले भैसेपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । भने आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको बैकले जानकारी दिएको छ ।