९११ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

९११ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो



काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टमा पिसिआर विधिबाट ७ हजार ८ सय ७८ र एन्टीजेन विधिबाट ३ हजार १ सय ४० गरि जम्मा ११ हजार १८ जनामा गरिएको परिक्षणमा ८ सय ३८ जना पिसिआर परिक्षण विधिबाट र ७३ जनामा एन्टीजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मुत्यु भएको छ । भने १ हजार ४ सय २७ जना निको भएका छन । यो संगै कोरोना संक्रमण हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ७ लाख ३९ हजार ४ सय ५७ जना पुगेको छ । हाल देशभर २६ हजार ७ सय ५७ जना संक्रिय संक्रमित रहेका छन ।

काठमाडौं उपत्यकामा ३ हजार ३ सय १५, ललितपुरमा १ हजार ९ सय २९ र भक्तपुरमा १ हजार १ सय ६१ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्