नेप्सेमा दुई वाणिज्य बैंकको ४० लाख ७३ हजार कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेप्सेमा दुई वाणिज्य बैंकको ४० लाख ७३ हजार कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेमा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको हो । दुबै बैंकको गरि कूल ४० लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सले जनाएको छ ।

नेप्सेका अनुसार राष्ट्रिय वाणिज्य बैंकको १ हजार रुपैयाँ अंकित तथा चुक्ता मूल्यका २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि जेठ २८ गतेसम्म ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

त्यस्तै, एनआईसी एशिया बैंकको १ हजार रुपैयाँ चुक्ता मूल्य रहेको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । एनआईसी एशिया बैंकले अषाढ ६ गतेदेखि अषाढ २० गतेसम्म १० वर्षे अवधिको ऋणपत्रको बिक्री गरेको थियो । बैंकले ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

नेप्सेका अनुसार यी दुबै वाणिज्य बैंकको ऋणपत्र भोलिदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्