लघुवित्तमा बिग मर्जर प्रक्रियामा रहेका वोमी र सूर्योदय लघुवित्तबीच कुन बलियो ?

काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच मर्ज हुने भएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते मर्जरसम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यी दुबै संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार पनि रोक्का भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम दुवै संस्थाको सेयर कारोबार रोक्का गरिएको हो ।
गत आर्थिक बर्षको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । असार मसान्तसम्म सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार वोमी र सुर्याेदय लघुवित्तबीच कुन सूचकमा कुन बलियो भनेर यहाँ तुलना गर्न खोजिएको छ ।
यी दुबै संस्थाबीच मर्जर प्रक्रिया शुरु भईसकेको छ । अब यी दुवै संस्थाले चालु आवभित्रै एकिकृत कारोबार गर्ने गरि मर्जरको प्रक्रिया अगाडि बढाएका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क हेर्दा वोमी लघुवित्त सूर्याेदय लघुवित्तभन्दा बलियो देखिएको छ । अधिकांश सूचकमा सूर्याेदयकोभन्दा वोमी लघुवित्तको उच्च नै रहेको छ ।
खुद नाफा
गत आर्थिक असार मसान्तसम्म वोमी लघुवित्तले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ र सूर्याेदय लघुवित्तले १० करोड ५६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी
वोमी लघुवित्तले ३२ करोड १० लाख ३ हजार रुपैयाँ र सूर्याेदय लघुवित्तले २९ करोड १७ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
सञ्चालन मुनाफा
वोमी लघुवित्तको २२ करोड ३९ लाख ६६ हजार रुपैयाँ रहेको छ । भने सूर्याेदय लघुवित्तको ८ करोड ३७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्ता पूँजी
वोमी लघुवित्तको ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको छ भने सूर्याेदय लघुवित्तको २४ करोड ८० लाख ४२ हजार रुपैयाँ छ ।
जगेडा कोष
वोमी लघुवित्तको २९ करोड ४८ लाख ४३ हजार रुपैयाँ रहेको छ भने सूर्याेदय लघुवित्तको जगेडा कोष १८ करोड ३१ लख ६७ हजार रुपैयाँ रहेको छ ।
सापटी
वोमी लघुवित्तको २ अर्ब १२ करोड ९३ लाख ४१ हजार रुपैयाँ रहेको छ भने सूर्याेदय लघुवित्तको सापटी २ अर्ब ३२ करोड ९६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
निक्षेप
वोमी लघुवित्तको १ अर्ब ६३ करोड ५० लाख ६७ हजार रुपैयाँ रहेको छ भने सूर्याेदय लघुवित्तको निक्षेप १ अर्ब ३७ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
कर्जा
वोमी लघुवित्तको ४ अर्ब ५४ करोड ६७ हजार रुपैयाँ रहेको छ भने सूर्याेदय लघुवित्तको कर्जा ३ अर्ब ६२ करोड २७ लाख ७१ हजार रुपैयाँ रहेको छ ।
प्रतिशेयर आम्दानी
वोमी लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा रहेको छ भने सूर्याेदय लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ४२ रुपैयाँ ५८ पैसा छ ।
मूल्य आम्दानी अनुपात
वोमी लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.५७ गुणा रहेको छ भने सूर्याेदय लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ
प्रतिशेयर नेटवर्थ
वोमी लघुवित्तको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा रहेको छ भने सूर्याेदय लघसवित्तको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ ।
