१ अर्बको ऋणपत्र जारी गर्दै प्रभु बैंक, ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

१ अर्बको ऋणपत्र जारी गर्दै प्रभु बैंक, ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान



काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्ने भएको हो । तर हालसम्म ऋणपत्र निष्काशन अनुमति माग्नको लागि भने बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन् ।

ऋणपत्र निष्काशन तथा बिक्री गर्न बैंकले रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको ऋणपत्रलाई ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउँछ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ र जगेडा कोष ४ अर्ब ४५ करोड ७८ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्