६.८८ प्रतिशत ब्याजदरमै एभरेष्ट बैंकले गाडी कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।बैंकले घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो ।
हिजोबाट लागु भएको उक्त योजना अनुसार ७.४८ प्रतिशतमा घर कर्जा, ७.२४ प्रतिशतमा साना तथा मझौला उद्योग कर्जा, ६.८८ प्रतिशतमा गाडी कर्जा, ७.९९ प्रतिशतमा मोटरसाइकल कर्जा र ७.९९ प्रतिशतमा व्यक्तिगत कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।