२ कम्पनिको संस्थापक शेयर लिलामीमा, यसरि दिनुहोस आवेदन ? « Arthapath.com
३० भाद्र २०७८, बुधबार

२ कम्पनिको संस्थापक शेयर लिलामीमा, यसरि दिनुहोस आवेदन ?



काठमाडौं । २ कम्पनिको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने लागेको हो ।

जसमा मञ्जुश्री फाइनान्सको ९५ हजार १ सय ६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४ सय ७० कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला गर्न लागेको हो ।मञ्जुश्री फाइनान्सको शेयरको न्यूनतम मूल्य २ सय ७५ रुपैयाँ तोकिएको छ भने ज्योति विकास बैंकको न्यूनतम मूल्य १ सय ८५ रुपैयाँ तोकिएको छ ।

विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ,संस्थाहरुले भोलीबाट कात्तिक ३ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत पेश गर्न सक्ने छन ।लगानीकर्ताले तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनसके क्यापीटलले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्