नेप्सेमा नेरुडे लघुवित्तको ३ लाख ६५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेरुडे लघुवित्तको ८ प्रतिशत अर्थात् ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले आर्थिक बर्ष २०७६–७७ को चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
