सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता शेयर बिक्रीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता शेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा खुला गरिएको छ । संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री खुला गरेको हो ।

बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्