पहिलो पटक एभरेष्ट बैंकमा नेपाली सीईओ, खालिङले आजदेखि कार्यभार सम्हाल्ने « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

पहिलो पटक एभरेष्ट बैंकमा नेपाली सीईओ, खालिङले आजदेखि कार्यभार सम्हाल्ने



काठमाडौं । भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ नियुक्त गरेको छ ।

यसअघि भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक संचालक समितिको बैठकले पहिलोपटक नेपाली सीईओ सुदेश खालिङलाई नियुक्त गरेको हो ।

झण्डै ६ महिनाअघि बैंक संचालक समितिले खालिङलाई सीईओमा नियुक्त गरेको भएपनि उनले राष्ट्र बैंकले तोकेको कुलिङका कारण कार्यभार सम्हाल्न पाएका थिएनन् ।

लक्ष्मी बैंकको सीईओबाट छाडेपछी खालिङ सिटिजन्स बैंकको संचालक बनेका थिए । स्टाण्डर्ड चार्टड बैंक नेपालमा लामो समय काम गरेका खालिङ संस्थागत शुसाशनमा चल्ने बैंकर हुन् ।

बैंक संचालक समितिले खालिङलाई ४ वर्षको लागी सीईओ नियुक्ती गरेको हो । उनको कार्यकाल आज शुक्रबारदेखी सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्