फेरी घट्यो सुनको भाउ, तोलामा कति ?

काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ६ सयले घटेको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ, तेजाबी सुनको भाउ ८९ हजार १ सय ५० रुपैयाँमा र चाँदी १ हजार १ सय ५५ रुपैयँँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा ९ सय र चाँदी २५ रुपैयाँले बढेर छापावाला सुन तोलाको ९० हजार १०० रुपैयाँ, तेजाबी ८९ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।