युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान बिरगंजबाट शुरु « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान बिरगंजबाट शुरु



काठमाडौं । युवासँग महालक्ष्मी लाइफ बीमा अभियान शुरु भएको छ । युवासँग बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम बिरगंजको ग्लोबल कलेजमा सम्पन्न भएको छ ।

कार्यक्रममा ८० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमबाट क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यिय जिल्ला जागरण समिति गठन पनि गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल राम कुमार दासले गरेका थिए भने प्रशिक्षण बरिष्ट सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गत भदौमा युवासँग बीमा जागरण राष्ट्रिय अभियान ल्याएको थियो । कम्पनिले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवा संग महालक्ष्मी लाईफ” सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम शुरु गरेको हो ।

दुई वर्षे समय अवधीको उक्त अभियानमा आर्थिक बर्ष २०७८–७९ भित्र २५ वटा जिल्ला र आर्थिक बर्ष २०७९–८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ । उक्त कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्