प्राइम लाइफको १५.८७ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाब्ँट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव शुक्रबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।