कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै, शनिबार थप १३७१ निको भए « Arthapath.com
९ आश्विन २०७८, शनिबार

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै, शनिबार थप १३७१ निको भए



काठमाडौं । कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ । वितेको २४ घण्टामा थप १ हजार ३ सय ७१ जना निको भएका छन । भने ९ सय ५३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १९ हजार ७ सय जना संक्रिय संक्रमित रहेका छन ।

जसमध्ये काठमाडौंमा २ हजार ६ सय २ जना भक्तपुरमा ८ सय ५९ जना र ललितपुरमा १ हजार २ सय ३४ जना रहेका छन ।

त्यसैगरी गत २४ घण्टामा थप ६ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको छ । भने निको हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७छ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्