प्राइम, ज्योति र महालक्ष्मी लाइफले बीमितलाई घोषणा गरे बोनस दर, कसको कति ? « Arthapath.com
१० आश्विन २०७८, आईतवार

प्राइम, ज्योति र महालक्ष्मी लाइफले बीमितलाई घोषणा गरे बोनस दर, कसको कति ?



काठमाडौँ । एक पुरानो र २ नयाँ जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । सबैभन्दा कान्छो महालक्ष्मी लाइफले पनि आर्थिक वर्ष २०७६/०७७ को बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । 

पुरानो प्राइम लाइफ र नयाँ ज्योति लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकालाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । पछिल्लो समय आक्रामक रूपमा बजारमा आएको प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गर्न सफल भएको छ । असोज ६ गते बीमा समितिबाट स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

महालक्ष्मी लाइफले बीमालेखहरुमा बीमा अवधि अनुसार न्यूनतम ४० देखि ५२ रुपैयाँसम्म प्रतिहजार बोनस दिने घोषणा गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ५२ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।


महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा सबै बीमा अवधिका लागि कम्पनीले ५० रुपैयाँ बोनस कायम गरेको छ । कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनस कायम गरेको छ ।

त्यस्तै ज्योति लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएप्रश्चात बीमितलाई दिने बोनस दर घोषणा गरेका हुन् । 

प्राइम लाइफले न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिहजार बोनस दर दिने घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने जनाएको छ । त्यस्तै आजीवन बीमालेखमा ३६ देखि ७५ रुपैयाँ र अग्रिम भुक्तानी बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर रहेको छ । प्राइम जीवन उपहार अग्रिम भुक्तानी बीमा लेखमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर रहेको छ । 

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सले ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने जनाएको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ४३ देखि ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर तोकेको छ । अग्रिम भुक्तानी बीमालेखमा ४३ देखि ५० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्