केशव र विशाल बने आइएमई डबलको डबलको डबल अफरका विजेता, यसरी सहभागी हुनुहोस् « Arthapath.com
१० आश्विन २०७८, आईतवार

केशव र विशाल बने आइएमई डबलको डबलको डबल अफरका विजेता, यसरी सहभागी हुनुहोस्



काठमाडौँ  केशव दमाई र विशाल अधिकारी आइएमई डबलको डबलको डबल अफरका  विजेता बनेका छन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता दमाई र अधिकारी बनेका हुन ।

प्राविधिक सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा आईएमईबाट कारोबार गर्ने सेवाग्राही द्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएको आइएमईले जानकारी दिएको छ । उनीहरूले अरब इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरूको सिफारिसमा निकटका आफन्तलाई लाई क्रमशः  ८३ हजार १४ रुपैयाँ र  ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने आईएमईले जनाएको छ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ गते सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालन हुने छ ।


प्रतिक्रिया दिनुहोस्