मानुषी लघुवित्तको आईपीओको म्याच नभएपछि कारोबारमा नआउने

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ नेप्सेमा आजदेखि कारोबारमा नआउने भएको छ । नेपाल स्टक एक्सचेञ्जमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो । त्यसैले भोलिदेखि मात्रै उक्त कम्पनीको आईपीओ नेप्सेमा म्यच भएपछि कारोबारमा आउनेछ । स्पेशल प्रि ओपन शेसनमा कम्पनीको कारोबारमा म्याच भएपछि मात्रै कारोबारमा आउनेछ ।
लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता आईपीओ आइतबार नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले दोस्रो बजारमा कारोबारको लागि एमबिबिएस (MBLS) कारोबार सङ्केत (सिम्बोल) र्पाको छ । नेप्सले कम्पनीको आईपीओलाई प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज तोकेको छ । लघुवित्तले गत साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।