यस पटकको दशैंमा चार पांग्रे गाडी किन्दा ६० ग्राम सुनदेखि युरोप टुर, बम्पर उपहारमा हुण्डाई आई २० « Arthapath.com
२२ असार २०८२, आईतबार

यस पटकको दशैंमा चार पांग्रे गाडी किन्दा ६० ग्राम सुनदेखि युरोप टुर, बम्पर उपहारमा हुण्डाई आई २०



काठमाडौं । अन्य समयभन्दा चाडपर्व नेपालीहरुका लागि महत्वपूर्ण हुन्छ । बर्षभरि विभिन्न चाडपर्व मनाउने नेपालीहरुका लागि दशैं–तिहार विशेष हुन्छ । अन्य पर्वभन्दा दशैंतिहार नेपालीहरुका लागि महान पर्व नै हो । दशैंतिहारमा अन्य सिजन भन्दा धेरै ब्यापार हुने गर्दछ । यस अवसरमा उपभोक्ताहरुले बजारबाट धेरै किनमेल गर्ने गर्दछन् । सोही मौका पारि ब्यापारि तथा विभिन्न व्यावसायिक कम्पनीहरुले दशैंतिहार लक्षित गरेर अवसर, बम्पर छुट, बिशेष छुट, क्यास ब्याक लगायतका योजना सार्वजनिक गरेका हुन्छन् ।

विशेषगरि यस पर्वका बेलामा धेरै सवारी साधान खरिद गर्ने गर्दछन् । दशैंका बेलामा नयाँ–नयाँ ब्राण्डका गाडीहरु बजारमा आउँछन् । उक्त सवारी साधनमा व्यावसायिक कम्पनीहरुले चाडपर्व विशेष छुटको योजनाहरु सार्वजनिक गरेका हुन्छन् । चाडपर्वमा ग्राहकहरुले पनि अफरलाई नै बढि प्राथमिकता दिने गर्दछन् । यदि यस बर्ष गाडी किन्दा कुन कम्पनीको गाडी सस्तो पर्दछ ? यस बर्षको दशैं तिहारमा विभिन्न कम्पनीले फोर ह्विलर गाडीहरुमा कस्ता योजना ल्याएका छन् ? यसका बारेमा ग्राहकहरु गाडी किन्दै हुनुहुन्छ भने यहाँ भएका अफरहरु हेरेर किन्न सक्नुहुन्छ ।

१. रेनल्ट गाडी

रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनो शुभ कार–रम्भ” को शुरुवात गरेको छ । यस बर्षको दशैं तिहारको अवसरमा रेनोको कुनै पनि गाडी खरिद गर्दा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्म क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । जसमा उक्त गाडीहरु किन्दा सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी सेवाहरु दिने कम्पनीले जनाएको छ । रेनो गाडीहरुमा रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड लगायत सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने छन् ।

२. अशोक लेलैण्ड

आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले ‘दशैँ तिहारको बहार पक्का उपहार’ योजना ल्याएको छ । जसमा ग्राहकहले अशोक लेलैण्डको गाडी खरिद गर्दा छानी छानी उपहार पाउने कम्पनीले जनाएको छ । ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा ग्राहकले १५ ग्राम सुन अर्थात् स्मार्ट फोनका साथै थप क्यास डिस्काउन्ट र स्मार्ट टिभी जित्न सक्नेछन् ।

त्यस्तै, आइसिभी ह्युलेज, एमसिभि टिप्पर वा बस खरिद गर्दा ३० ग्राम सुन, आइफोन १२ प्रो म्याक्स, टिभिएस एनटी ओआरक्यू स्कुटर पाउन सक्नेछन् । त्यस्तै, ग्राहकले एकै पटक दुई वटा गाडि खरिद गर्दा ६० ग्राम सुन, एप्पल म्याक बुक प्रो साथै रोयल इन्फेल्ड ३५० सीसी बुलेट बाइक खरिद उपहार पाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले ३ जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुनेछ ।

३. प्रोटोन

प्रोटोनले “दशैँ–दक्षिणा” योजना ल्याएको छ । कम्पनीले भदौ १७ गतेदेखि चाडपर्वको मौसम जारि रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ । प्रोटोनको सागा र एक्स७० गाडी खरिद गर्दा ६ लाख सम्मको अफर दिएको छ । त्यस्तै, कम्पनीका कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुकको लागि २ लाख ५० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

४. हुन्डाई

हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “ हुण्डाई फेस्टिभ डिलाइट” योजना ल्याएको छ । हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुण्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको नगद छुट र निःशुल्क १ वर्ष सम्मको बीम र सडक कर समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।

५. मारुती सुजुकी

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले अफर योजना अन्तर्गत ग्राहकलाई २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट दिने कम्पनीले जनाएको छ ।

६. टाटा (सिप्रदी)

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत नयाँ कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसेशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा दिने कम्पनीले जनाएको छ ।

७. ड्याट्सन

नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत २ लाख ४१ हजार रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट, २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस, १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्