जोन डियरको अत्याधुनिक प्रविधिको ५० एचपी फोर ह्विल ड्राइभ ट्रयाक्टर नेपालमा « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

जोन डियरको अत्याधुनिक प्रविधिको ५० एचपी फोर ह्विल ड्राइभ ट्रयाक्टर नेपालमा



काठमाडौं । अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियरले ५० एचपी फोर हिव्लड्राइभ भएको नयाँ ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ । कम्पनीले अत्याधुनिक प्रविधिबाट बनेको नयाँ ट्रयाक्टर मङ्गलवार एक कार्यक्रमका बिच नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको छ ।

अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।कार्यक्रममा जेडिआइपिएलका विक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले विवेक अटोमोबाइल्ससँगको लामो सहयात्रामा यो ऐतिहासिक क्षण भएको बताएका छन्  ।  ट्याक्टरको  विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको राहाले बताए ।  विवेक अटोमोबाइल्सका देशैभरी छरिएर रहेको विक्री तथा सेवा केन्द्रहरूको पनि सफलतामा देन रहेको उनले जानकारी दिएका छन् ।


संसार भरका रहेका किसान समुदायको लागि कुषी उत्पादकत्व र आय बढाउन सधै नयाँ नयाँ प्रविधिको विकास गरि उत्कृष्ट सेवा दिन तयार रहने कम्पनीले जनाएको छ ।


डियर एन्ड कम्पनी विश्वमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको नाममा परिचित छ । कम्पनीले सन १८३७ देखि नै खेतीपाती तथा कन्स्ट्रक्सनको लागि विशेषतायुक्त साधानहरु ल्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्