राष्ट्रिय वाणिज्य बैङ्कको (POS) कारोबारमा ५ देखि १५ प्रतिशतसम्म क्यास ब्याक पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको Point of Sale (POS) कारोबारमा ५ देखि १५ प्रतिशतसम्म क्यास क्यास ब्याक पाइने भएको छ । बैङ्कले आउँदो गरेको चाडपर्व दसैँ, तिहार, नेपाल संवत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यम वाट कारोबार गर्दा ५ देखि १५ प्रतिशतसम्म क्यास ब्याक दिने भएको छ ।
प्रति कारोबार १ हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको बैङ्कले जनाएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैङ्कको कार्डबाट बैङ्ककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।
यस अन्तर्गत ३ देखी ५ पटककोCard Swipeमा ५ प्रतिशत अधिकतम क्यास ब्याक व्वा ५ सय ६ देखी १० पटकको Card Swipe मा १० प्रतिशत र अधिकतम क्यास ब्याक वा ७ सय ५० र ११ देखी १५ पटकको Card Swipe मा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैङ्कले जनाएको छ ।उक्त योजना आगामी असोज २१ गते देखि कार्तिक २४ गतेसम्म लागू हुने छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले सातै प्रदेशको ७७ जिल्लामा २ सय ४८ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।