नबिल बैङ्क दोस्रो पटक “नेपालमा लिडिङ पार्टनर बैङ्क २०२१” अवार्डबाट सम्मानित « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

नबिल बैङ्क दोस्रो पटक “नेपालमा लिडिङ पार्टनर बैङ्क २०२१” अवार्डबाट सम्मानित



काठमाडौँ । नबिल बैङ्क “नेपालमा लिडिङ पार्टनर बैङ्क २०२१” अवार्डबाट सम्मानित भएको छ । बैंकले लगातार दोस्रो २०२१ का लागि एसियाली विकास बैङ्क – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैङ्कको अवार्ड पाएको छ ।

उक्त अवार्ड बैङ्कलाई गत वर्ष पनि प्रदान गरिएको थियो । । एसियाली विकास बैङ्कको TSCFP द्वारा व्यापार बित्तो बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैङ्कहरूलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । 

एसियाली विकास बैङ्क – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैङ्कले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा त्क्ऋँए सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

१३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले बैंकिङ्ग सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्