सनराइज बैङ्कको Sunrise Payroll Loan सुबिधा, बिना धितो १५ लाखसम्म कर्जा पाइने

काठमाडौँ ।सनराइज बैंक्ले Sunrise Payroll Loan सुबिधा ल्याएको छ । बैङ्कले विभिन्न सङ्घ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी क्गलचष्कभ एबथचयिि ीयबल योजना ल्याएको हो । उक्त योजना अन्तर्गत सन्राइज बैङ्कमा Sunrise Payroll Savings Account भएका कुनै पनि ग्राहकहरूले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेबैंकले जनाएको छ ।
योजना अनुसार कुनै पनि संस्थाका कर्मचारी भएका ग्राहकहरूले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको overdraft र १० लाख सम्मको Term loan गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने छन् ।
उक्त कर्जाको समयअवधी ५ वर्ष सम्मको हुने छ । सनराइज बैङ्कले आफ्नो १४ औँ वार्षिक उत्सव र दसैँको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । बैङ्कको देशभर रहेका १ सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ६० वटा ए.टी.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।