बीमा समितिद्वारा नेपाल पुनर्बीमाको लाभांश स्वीकृत

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले स्वीकृतिका लागि बीमा समितिमा आर्थिक बर्ष २०७६–७७ को लाभांश र लेखापरीक्षण प्रतिवदेन पठाएको थियो । बीमा समितिले बिहीबार कम्पनीको लाभांश र लेखापरीक्षण प्रतिवदेन स्वीकृत गरेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७६–७७ को चुक्ता पूँजीको १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश गरी १९ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बीमा समितिले स्वीकृति दिएपनि अर्थमन्त्रालयले भने स्वीकृति दिन बाँकी रहेको छ ।
बीमा समितिबाट लाभांश स्वीकृत भएसँगै अर्थमन्त्रालयमा स्वीकृतीको लागि पठाईसकेको कम्पनीले जनाएको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै कम्पनीको साधारणसभाको बाटो खुल्ने छ ।