एनआईसी एशिया बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

एनआईसी एशिया बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । विभिन्न ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न ३ कम्पनीको संस्थापक समूहको शेयर असोज ६ गते, बुधबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त संस्थापक शेयरमा आवेदन दिने आज (असोज १५ गते, शुक्रबार) अन्तिम दिन हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक समूहको शेयर बिक्री खुला गरेको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त ४९७ रुपैयाँ, आरएमडीसी लघुवित्त ५३९ रुपैयाँ र नागरिक लगानी कोष १ हजार १९७ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले असोज १५ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको सेयरमा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आरएमडीसी लघुवित्तको सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्