विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवासंग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए ।कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका इन्स्योरेन्सले जानकारी दिएको छ ।

त्यसैगरी धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि “युवा संग – महालक्ष्मी लाईफ“ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्