साहस उर्जाको आईपीओ यी ४ तरिकाबाट हेर्न सकिन्छ « Arthapath.com
११ असार २०८२, बुधबार

साहस उर्जाको आईपीओ यी ४ तरिकाबाट हेर्न सकिन्छ



काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् ।

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेकाले रिजल्ट विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । साहस उर्जाको वेवसाईट https://sahasurja.com/, बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

आईपीओ यहाँबाट हेर्न सकिन्छ

https://sahasurja.com/,

https://meroshare.cdsc.com.np/#/login

https://niblcapital.com/

https://iporesult.cdsc.com.np/


प्रतिक्रिया दिनुहोस्