एक्सेल डेभलपमेन्ट बैङ्कको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैङ्कको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्कको १५ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तैगरी सभाले उल्लेखित बोनस शेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, सभाले अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित पारित गरेको छ । भने साधारण सभाले बैङ्कको तीन जना सञ्चालक निर्वाचित भएका छन् ।साधारण सभाले सर्वसाधारण सेयर धनीको तर्फबाट पर्शुराम दाहाल,पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल सञ्चालक पदमा निर्वाचित भएको कम्प निले जनाएको छ ।
बैङ्कले लाभांश र सभा प्रयोजनका लागि बैङ्कले असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३१ गतेसम्म कायम सेयर धनीहरू मात्र साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर पाउने छन् ।