सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं । सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले आफना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।
हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको छ । यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंकले देशैभरी रहेका १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा दिदै आएको छ ।