विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर



काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

 उक्त सम्झौता पत्रमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिजाल र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैङ्कको तर्फबाट वा बैङ्कको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरूको विकास तथा कार्यान्वयन गर्ने उद्देश्य साथ बैङ्क र संस्था बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।


प्रतिक्रिया दिनुहोस्