क्यान महासङ्घ नुवाकोटको दोस्रो साधारण सभा सम्पन्न « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

क्यान महासङ्घ नुवाकोटको दोस्रो साधारण सभा सम्पन्न



नुवाकोट । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ जिल्ला शाखा नुवाकोटको दोस्रौं वार्षिक साधारण सभा सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । समारोहमामा बोल्दै प्रमुख अतिथि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका केन्द्रीय सचिव शेखरनाथ दुलालले नुवाकोट जिल्लाका १२ वटै स्थानीय तह, जिल्लास्थित उद्योगी व्यवसायीहरूको छाता सङ्गठन र पत्रकार महासङ्घसँग समन्वय गरी समग्र जिल्लाको सूचना प्रविधि क्षेत्रको विकास गर्ने लक्ष्य अनुरूप नुवाकोटलाई सशक्त रूपमा अघि बढ्न सुझाव दिए । सूचना प्रविधि क्षेत्रमा आबद्ध रहेका सङ्घ संस्था र व्यक्तिहरूको आवाजलाई बुलन्द पार्न क्यान महासङ्घ सदा कटिबद्ध रहेको बताए ।

कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय सदस्य भानुभक्त शर्माले अहिलेको युग सूचना प्रविधि युग भएकोले क्यानसँग आबद्धता रहेका र सूचना प्रविधिलाई नै आधार मानेर कार्य गर्दै आई रहेका सङ्घ संस्था, व्यक्ति समाजको नेतृत्व गर्ने पक्षको रूपमा रहेको बताए ।कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय सदस्य प्रभात श्रेष्ठले क्यान महासङ्घ नुवाकोट जिल्ला शाखाले सूचना प्रविधि र शिक्षालाई मात्र नभई गाउँका चुलोसम्मलाई पनि स्मार्ट अवधारणमा समेट्न आग्रह गरे । साथै छोटो समयमै सदस्य विस्तारलाई कार्यान्वयन गरेकोमा धन्यवाद व्यक्त गरे ।


कार्यक्रममा क्यान महासङ्घ नुवाकोटका अध्यक्ष पवन नेपालले सूचना प्रविधिको अवधारणा ल्याउन तथा सूचना तथा सञ्चार प्रविधिको विकासमा क्यानको महत्पूर्ण भूमिकालाई आगामी दिनमा अझ सक्रिय बनाइने बताए । क्यान महासङ्घ धादिङका अध्यक्ष तिलक सिम्खडा र क्यान महासङ्घ रसुवाका अध्यक्ष राजेन्द्र प्याकुरेल प्याकुरेलले सूचना प्रविधि क्षेत्रको विकासको लागि क्यान महासङ्घले दिगोपनको अग्रणी भूमिका निर्वाह गर्न जोड दिए ।

त्यस्तै साधारण सभामा सचिव नारायणकुमार घलेले कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा संलग्न सबैलाई एउटै छाता मुनी ल्याउनुपर्ने प्रमुख दायित्व कार्य योजनालाई आगामी दिनमा कार्यान्वयन गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्