रिलायन्स लाइफको लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको असो १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
